थप १५७ जनामा कोरोना संक्रमण, ३३३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७०७४५ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप ३३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६५६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ । क्वारेन्टाइनमा १११ जना छन् भने आइसोलेसनमा ३०२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।