कोभिड-१९ विरुद्ध नोभाभ्याक्सको खोप प्रभावकारीता ८९ प्रतिशत रहेको दावी



अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिड नोभ्याक्सिनको प्रभावकारीता ८९ प्रतिशत रहेको दावी गरेको छ । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ।

परीक्षणमा सहभागी एक चौथाई भन्दा धेरै सर्वसाधारण ६५ वर्ष उमेर माथिका रहेको बीबीसीले उल्लेख गरेको छ । बेलायतबाट सुरु भएको भनिएको संक्रमण तीव्र हुने नयाँ स्वरुपको भाइरस फैलिइरहेका बेला यस्तो परीक्षण गरिएको हो ।

यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकामा देखा परेको नयाँ स्वरुपको भाइरसको संक्रमण अझै तीव्र रहेको छ । बेलायतका प्रधानन्त्री बोरिस जोनसनले कोराना खोपसम्बन्धी नयाँ परीक्षण सुखद समाचार भएको भन्दै स्वागत गरेका छन् ।

उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने पनि बताएका छन् । बेलायतले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ ।

नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९ दशमलव ३ प्रतिशत प्रभावकारी देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ