थप ३०३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २०१७ पुग्यो
काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७००९२ पुगेको छ ।
त्यस्तै मंगलबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६४८२३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ । क्वारेन्टाइनमा १२२ जना छन् भने आइसोलेसनमा ३२५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।