थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९७८९ पुगेको छ ।
त्यस्तै सोमबार थप ४०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २६४५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ । क्वारेन्टाइनमा १३२ जना छन् भने आइसोलेसनमा ३२४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।