नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई अस्वीकार गरेको छ । प्रचण्ड नेपाल समूह र केपी शर्मा ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेकामा आयोगले दुबैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने निर्णय गरेको जानकारी दिए । आयोगले अब साविककै विवरण अनुसार कायम भएको जानकारी नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दिनेछ ।

योसँगै केपी ओलीमाथि कारबाही र माधव नेपाललाई अध्यक्ष बनाएको निर्णयपनि अमान्य भएको छ । आयोगले निर्णयबारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइनेछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदलाई मन्त्री हुने अवसर

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने

विशेष अदालतबाट पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार

आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक