थप २३२ जनामा कोरोना संक्रमण, ३८६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९१८० पुगेको छ ।
त्यसैगरी शनिबार थप ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६३७३४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९९४ पुगेको छ । क्वारेन्टाइनमा १४७ जना रहेका छन् भने आइसोलेसनमा ३४५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।