थप ३०२ जनामा कोरोना संक्रमण, ४८० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८९४८ पुगेको छ ।
त्यस्तै शुक्रबार थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६३३४८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८६ पुगेको छ । क्वारेन्टाइनमा १५८ जना छन् भने आइसोलेसनमा ३६१४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।