गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा गङ्गामायासँग यसअघि सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग पुनःआग्रह गरेको छ । आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न अनशनरत अधिकारीलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारीको स्वास्थ्यस्थितिका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ ।

पछिल्लो पटक गत पुस ६ गतेदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरिरहेको भए तापनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना हुँदै

  लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल