थप ३३६ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८६४६ पुगेको छ ।
त्यस्तै बिहीबार थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२८६८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ । क्वारेन्टाइनमा १७२ जना छन् भने आइसोलेसनमा ३७९९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।