भारतले नेपाललाई अनुदानमा दियो १० लाख डोज कोभिड-१९ खोप
काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज खोप अनुदान दिन लागेको जानकारी दिएका हुन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार पहिलो खोपको पहिलो खेप बिहीवार नै काठमाडौं आइपुग्नेछ । नेपालमा खोप आएपछि पहिलो चरणमा कोभिड नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई लगाइनेछ ।
खोप वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताए । उनले भारतले छिमेकी देशहरुलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् ।