विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आलेलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुससहित आयोगको टोलीले पक्राउ गरेको थियो ।  अनुसन्धानका क्रममा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेक पाँच हजार रकम घुस माग गरी लिएको पाइएको छ ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले आलेलाई बिगो पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा

ललितपुरमा आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा आइतबार आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु भएको

ओखलढुङ्गाको बेतेनीमा डढेलोमा परी आमाछोराको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार

गण्डकी प्रदेशमा थप दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज