‘कोभिसिल्ड’ कोरोना भ्याक्सिनलाई नेपालमा अनुमति
काठमाडौं । नेपालले कोभिसिल्ड नामक भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको हो ।
कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।