थप ४१२ जनामा कोरोना संक्रमण, ४८३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालम थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१२ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३६०५ पुगेको छ ।
त्यसैगरी बिहीबार थप ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५६६४४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।
क्वारेन्टाइनमा ३४२ जना रहेका छन् भने आइसोलेसनमा ५०५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।