थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३१९३ पुगेको छ । त्यसैगरी बुधबार थप ४९५ जना कोराना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५६१६१ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या क्वारेन्टाइनमा १८९९ पुगेको छ । क्वारेन्टाइनमा ३४२ जना छन् भने आइसोलेसनमा ५१३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।