अनेरास्ववियूद्वारा सरकारविरूद्ध आन्दोलन घोषणा, मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ ।

बागबजारस्थित अनेरास्ववियूको कार्यालयमा मंगलबार बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक क्याम्पसमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरु :
• पौष २१ गतेदेखि – ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने
• पौष २१ गते – प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।
. पौष २२ गते – उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सि्टी/लाठी जुलुस ।
पौष २३ गते – देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।
• पौष २४ गते – सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
. पौष २५ गते -असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
पीष २६ गते-बयलगाडा प्रदर्शन।
पौष २७ गते – प्रतिगमनको बिरुद्ध सडक कविता गीत / गजल कार्यक्रम गर्ने ।
• पौष २८ गते – सडक नाटक / सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ)
. पौष २९ गते – सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन।
(तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ।)
शैक्षिक सङ्घर्ष
. संघीय संसदवाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमि
सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने
. कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने ।
रञ्जित तामाङ
सहसंयोजक
मिति :- २०७७/०९/२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।