थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६२२६२ पुगेको छ ।
त्यसैगरी सोमबार थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २५५०८८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।
क्वारेन्टाइनमा ३४२ जना रहेका छन् भने आइसोलेसनमा ५२८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।