बक्यौता रकम भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने उखु किसानहरुको अडान



काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानहरुले आफूहरुको रकम भूक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका छन् ।

वार्ताका लागि सरकारले पठाएको पत्रको बिहीबार लिखित जवाफ दिँदै सर्लाही उखु किसान संघर्ष समितिले उद्योग मन्त्रालयले उद्योगीहरुबाट आफूहरुको भुक्तानी नदिलाएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका हुन् ।

दुई बुँदे जवाफमा प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने उक्त कोषबाट किसानहरुलाई बक्यौता रकम भुक्तानी गर्नुपर्ने र सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले व्याजसहित असुल उपर गरि भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

आफूहरुको सर्त अनुसारको वातावरण नभएसम्म वार्तामा नवस्ने उनीहरुको अडान छ । लामो समयसम्म आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले निरन्तर काठमाडौंको माइतीघरमा धर्ना दिँदै आएका छन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारलेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय सरकार प्रमुख भन्छन्-सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

  नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त

हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको

‘आँटेको पुर्याइदेउ रेशम बागलुङ कालिका…’

गण्डकी । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र