कास्की र अर्घाखाँचीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । अर्घाखाँची र कास्कीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आई मंसिर १७ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ का ७७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंसिर २२ गते कोरोना पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।