रौतहट वमकाण्ड : पूर्वमन्त्री आलमका भाइ भारतबाट पक्राउ



रौतहट । पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको घटनामा संलग्न भएका भनिएका थप एक जनालाई प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति प्रहरीले भारतको मोतीहारीबाट पक्राउ गरिएको हो । उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ हुन् ।

कांग्रेसका जिल्ला नेतासमेत रहेका उनी दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् । २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आलम, भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको डिल्लीबजार कारागारमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ