बुटवलको सुख्खानगरमा तस्कर समूहले गोली चलाउँदा एक जना घाइते



बुटवल । बुटवलको मिलनचोकमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खाानगरमा रहेको कलश होटलमा गोली चलेको हो । गैंडाको खाग तस्करीमा संलग्नहरु बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्दा तस्करीमा संलग्ननै घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनको चिउँडोमा गोली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ । होटल कलशमा तस्करहरु बसेको कोठाबाट प्रहरीले गैंडाको खाग बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ