नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डका प्रस्ताव अब स्थायी कमिटी बैठकमा छलफल हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा पेश गर्ने र छलफल गरि निष्कर्ष निकाल्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी आइतबार पार्टी कार्यालय धुम्वाराहीमा १ बजे बस्ने र त्यही बैठकमा अध्यक्षद्वयको प्रस्तावका साथै सचिवालयमा पेश भएका अन्य प्रस्तावमाथि पनि छलफल हुने जानकारी दिए । सचिवालय बैठकमा पार्टीमा देखिएको विवादबारे सकारात्मक रुपमा छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन नसकेको उनको भनाई छ ।

शनिवारको सचिवालय बैठक अघि बालुवाटारमा ओली र प्रचण्डले छलफल गरेका थिए । प्रवक्ता श्रेष्ठले अध्यक्षबीचको छलफलले समस्याको समाधान गर्न नसकेको जानकारी दिए ।

नेकपा भित्रको बहसमा अध्यक्ष प्रचण्डसहितका पक्ष प्रधानमन्त्री ओलीले दुई मध्य एक पदबाट राजीनामा दिनुपर्ने अडानमा छ भने ओली पक्षले अस्वीकार गर्दै आएको छ । दुई अध्यक्षबीचको चर्को लिखित आरोप प्रत्यारोपका कारण नेकपा विवाद थप चूलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको