पार्टीमा विद्रोह सुरु भयो, साझा प्रस्ताव आउँदैनः नेतृ झाँक्री



काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बहुमतबाट भाग्न नमिल्ने बताएकी छन् । शुक्रबार थापाथली क्याम्पसमा  विद्यार्थी भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले प्रधानमन्त्री ओलीले सहमतिमा आउनुपर्ने कि बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

शाक्यले प्रधानमन्त्री ओली अब बहुमतबाट कसैगरी भाग्न नमिल्ने उल्लेख गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता पनि अस्वाभाविक रहेको भन्दै उनले पार्टीभित्र चलखेल गर्न नमिल्ने स्पष्ट पारिन् ।

उनले पार्टीभित्रको बहसले नै पार्टीलाई एकढिक्का बनाउने निष्कर्ष निस्कने विश्वास व्यक्त गरिन् । भेलामा नेकपा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह सुरु भएको बताइन् । उनले सचिवालयलमा साझा प्रस्ताव आउने सम्भावना पनि कम रहेको उल्लेख गरिन् ।

यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आमनागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताए । न्यौपानेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे । न्यौपानले शीर्ष नेतृत्वको अन्धभक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पुर्याउने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली

अब नगरवासीलाई महानगरले निःशुल्क लोकसेवा तयारी गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको

शक्तिमा भएकै भरमा कानुनले छुट दिँदैन भन्ने कुरा नेपालीले बेलायतबाट सिक्ने कि ?

नारायण गाउँले । परिचयपत्र बोक्न बिर्सिएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई भोटिङ बुथबाट

चिम्टीका अग्निपीडितलाई राहत प्रदान

राजविराज । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत