गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ



चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र एक लाख जरिवाना फैसला गरेको थियो ।

गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरुको वयानबाट खुलेको उनले जानकारी दिए । उनीहरुले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिए ।

निकुञ्जको फैसलापछि चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए । उनलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन् । चौधरी एक वर्षअघि कतारबाट नेपाल आएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताए । उनलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको छ । पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ