जन्तीबस दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ घाइते



धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आइरहेको गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको रायडाँडाका किसान रायोको साग बेचेर लखपति बन्दै

बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आइतबार

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा