सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी ४४ दिनदेखि आन्दोलनमा



काठमाडौं । सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलित स्वास्थ्यकर्मीहरुले मंगलबार पनि वीर अस्पताल परिसरमा धर्ना दिदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् ।

उनीहरुले न्याम्सका पदाधिकारीहरुलाई अस्पताल प्रवेश गर्न समेत दिएका छैनन् । कोभिड–१९ का बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तोकेका सेवा सुविधा समेत नपाएकाले आफुहरु आन्दोलन गर्न बाध्य भएको वीर अस्पताल कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता ध्रुवराज आचार्यले बताए ।

उनले विभिन्न मागहरु राख्दै ४४ दिनअघिदेखि आन्दोलन गरेको भएपनि आफुहरुको मागलार्इं न्याम्सका पदाधिकारीहरुले वेवास्ता गरेको समेत बताए । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण वीर अस्पतालको सेवा प्रभावित भएको उनले बताए । ४ सय शय्याको वीर अस्पतालमा अहिले ४० शय्यामा मात्र बिरामी रहेको र ३५० शय्या खाली अवस्थामा रहेको समेत बताए ।

उनले वीर अस्पतालका सबै सेवा सुचारु गर्नुपर्ने बताए । वीर अस्पतालमा सरकारी र न्याम्सका गरी दुई थरिका कर्मचारी रहेको जानकारी दिदै उनले सरकारी कर्मचारीले मात्र सेवा सुविधा पाएको तर न्याम्स अन्तर्गतका कर्मचारीले सेवा सुविधा नपाएकाले सरकारले दुवै तर्फका कर्मचारीलाई सेवासुविधा दिनुपर्ने बताए । सरकारले चाहेमा आफ्ना मागहरु पुरा गर्न गाह्रो नभएको भन्दै उनले आगामी १९ गतेभित्र आफ्ना मागहरु पुरा नभए अस्पतालको सबै सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले