कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ की ५३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मंसिर १३ गते कोरोना पुष्टि भई बुटवलस्थित कोभिड अस्पतालमा भर्ना भएकी उनको सोमबार बिहान २ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।