गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९का ५७ वर्षीय पुरुष र वडा नम्बर ११ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।