बर्दिबासमा विरोध प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीद्वारा गोली प्रहार, स्थिति तनावपूर्ण



जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली हानेको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ ।

घाइतेमध्ये एक जनाको टाउकामा गोली लागेको छ । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ ।

आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो । बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए । बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । स्थानीयबासीले साहको घरमा पनि आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता

८४ को निर्वाचनपछि एमाले निर्णायक शक्ति बन्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालमा एमाले निर्णायक शक्ति

जसपाले भन्यो-नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।