स्थानीय तहमा चार सय आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित



काठमाडौं । सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनेछन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ