कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौं । बाँके र मकवानपुरमा गरी थप दुई जना कोरोना संक्रमितका उपचारका क्रममा निधन भएको छ । बाँके घर भई सुर्खेतको वीरेन्द्रनगर बस्ने ६२ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । स्वासप्रश्वासमा समस्या आइ अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मकवानपुरका एक पुरुषको निधन भएको छ । मकवानपुरको बकैयाका ६० वर्षीय पुरुषको आइतबार साँझ भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कात्तिक २१ कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएकोमा अवस्था गम्भीर भएपछि २४ गते आइसियूमा राखेमा उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा आइतबार साँझ निधन भएको अस्पतालले जनाएको छ । उनलाई निमोनियासमेत भएको चिकित्सकले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ