सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु



काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको शनिबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उनी आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास (सीपीआर) गर्दा पनि नसकिएपछि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ