यसवर्षको तिहारमा छैन भाइमसलाको व्यापार
काठमाडौं । यस पटकको तिहारमा भाइमसलाको व्यापार घटेको व्यपारीहरुले गुनासो गरेका छन् । कोरोना संक्रमणका कारण यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य २० प्रतिशतले कम हुनुका साथै व्यापार व्यवसायमा पनि कमी उनीहरुले गुनासो गरेका हुन् ।
विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको व्यवापारीहरु बताउँछन् । धेरै समयसम्म गोदममै सामान राख्दा पनि बिग्रिने भएकाले यो वर्ष भाइमसला सस्तोमा बिक्री भइरहेको उनीहरुले बताएका छन् ।
होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला बिक्री हुने गरेको भएपनि कोरोनाका कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको व्यवसायीहरु बताउँछन् ।
हिन्दू परम्पराअनुसार तिहारको पाँचौं दिनमा पर्ने भाइटीकामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायतका भाइमसला अनिवार्य हुन्छ ।