अवैध रूपले नेपाल भित्रिने मोटरसाइकलसहित तस्करीका सामग्री बरामद



काठमाडौं । नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ ।

विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ । नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोष्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवालगायतबाट कपड़ा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।

जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओलीले कडा कारवाही गर्नुभएको छ । कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।

नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामदसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिए।

शनिबार राति मोटरसाइकलसहित करीब रु नौ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ । भारत नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब रु चार लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा –रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब रु चार लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताउनुभयो । विभिन्न नाकाबाट तस्करी हुन थालेपछि मातहतका एकाइलाई नियन्त्रण गर्न र भागेका तस्करको खोजतलाससमेत गर्न निर्देशन दिइएको छ ।

बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि कार्यालय खुलेपछि भन्सार कार्यालय बुझाइने सप्रउ ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एकजनाको मृत्यु

गोदावरी (कैलाली) । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम