बलि दिइएका पशुको मुक्तिका लागि निराहार मौनव्रत !



दशैँका बेला धेरै हिन्दू धर्मावलम्बीहरूले पशुबलि दिन्छन् भने बौद्ध धर्मावलम्बीहरू मानिसको हातबाट मारिएका पशुपक्षीको मुक्तिको प्रार्थना गर्छन्।

कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै आफ्नो परम्परालाई निरन्तरता दिन हिमाली मूलका बौद्धमार्गीहरू सामाजिक दूरी कायम गरेरै विशेष धार्मिक अनुष्ठानमा बसेका हुन्।

‘ञ्युङ्ने’ भनिने यो अनुष्ठानमा निराहार मौनव्रत पनि पर्छ। बूढापाका तथा धर्मगुरुका अनुसार हिंस्रक मानिसको मनमा बोधिचित्त एवं करुणा उत्पन्न होस् र सबै प्राणीको उद्धार एवं मुक्ति होस भनि विभिन्न समयमा यस्तो व्रत बसिन्छ।

कहाँ बसिन्छ यो व्रत ?
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका अनुसार नेपालभरि दुई हजार आठ सय ७४ वटा गुम्बा छन्। यस वर्ष कोरोना भाइरस महामारीका कारण केही स्थानमा मात्र सामूहिक मौनव्रत सञ्चालन हुँदैछ।अन्य गुम्बामा पूजापाठ मात्र गर्ने नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्तिचक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाले बताउनुभयो।

उहाँका अनुसार सबै गुम्बामा ञ्युङ्ने राख्दा सङ्क्रमणको जोखिम बढ्ने हुँदा केही स्थानमा मात्र स्थानीय बासिन्दा सहभागी हुनेगरी धार्मिक अनुष्ठान गर्न लागिएको हो।

व्रतालु के गर्छन् ?
चार दिनसम्म चल्ने यो अनुष्ठानमा व्रतालु गुम्बामै बसेर मन्त्र पाठ तथा जप गर्छन्। व्रतमा उनीहरू एक दिन–एक रात कसैसँग नबोली निराहार बस्छन्।

‘दशैं तथा अन्य चाडपर्व मान्ने नाममा धेरै प्राणीले अकालमा ज्यान गुमाउँछन्। ती प्राणी अर्काको हातबाट मर्न बाध्य हुन्छ्न्,’ महासचिव प्रेम दोर्जे बल लामाले भन्नुभयो, ूती निर्दोष प्राणीको आत्माको चिर शान्ती तथा मुक्तिको कामना गर्दै गुम्बामा न्युङ्ने अर्थात् मौनव्रत बस्ने परम्परा छ।’

त्यसो गर्दा अन्य प्राणीको हत्या गर्ने मानिसले पनि सबै जीवको एउटै प्राण हो, उनीहरूलाई माया गर्नुपर्छ, हत्या गर्नुहुँदैन भन्ने भाव उत्पन्न होस् भन्ने कामना गरिने उहाँको भनाइ छ। ञ्युङ्ने सञ्चालन गरिएको स्थानमा व्रतालु शुद्ध भएर लामा गुरुबाट पञ्चशील, अष्टशील लिन्छन्।

प्रेम, त्याग, करुणा र आनन्दको अनुभूति हुने भएकाले आफू पनि प्रत्येक वर्ष त्यस्तो अनुष्ठानमा सहभागी हुने गरेको नुवाकोटका आइसिंह तामाङ बताउनुहुन्छ।

‘हामीले आफूलाई जत्ति माया गर्छौँ, त्यत्ति नै अन्य प्राणीले पनि आफ्नो ज्यानको माया गर्ने कुरा नबुझ्दा हत्याहिंसा बढेको हो,’ उहाँले भन्नुभयो, ‘अन्य प्राणीले आफ्नो पीडा व्यक्त गर्न सक्दैनन्। त्यसरी आफ्नो पीडा र समस्या व्यक्त गर्न नसक्दा वा नपाउँदा कस्तो हुन्छ भन्ने अनुभूति गर्नु र सबै प्राणीको मुक्तिका लागि मौनव्रत बस्ने गरेको हुँ।’

नुवाकोट बुङ्ताङकी कन्याकुमारी तामाङको धारणा पनि त्यस्तै छ। ‘व्रत बस्दा मनमा आनन्दको अनुभूति हुने र नजानी गरिएका विभिन्न पापकर्मबाट मुक्त हुने धार्मिक विश्वास छ,’ उहाँले भन्नुभयो।

कोरोना भाइरसको प्रभाव
विदुर नगरपालिका कोलनीमा बसोबास गर्ने प्रेममाया तामाङ प्रत्येक वर्ष ञ्युङ्ने बस्नुहुन्थ्यो। तर यसपालि भने आफू सामूहिक अनुष्ठानमा सहभागी नहुने उहाँ बताउनुहुन्छ ।

कोरोना भाइरसको जोखिम बढेकाले यस वर्ष गुम्बामा गएर सामान्य पूजापाठ मात्र गर्ने उहाँको योजना छ । ‘ञ्युङ्ने बस्न विभिन्न ठाउँबाट मानिस आउने हुँदा सङ्क्रमणको जोखिम बढ्ने भएकाले यस वर्ष गुम्बामा मौनव्रतको कार्यक्रम राखिएन, तर गुम्बाको नियमित पूजापाठ भने मानिसको भिडभाड नगरी गर्ने हो,’ उहाँले भन्नुभयो।

ञ्युङ्ने गर्न भेला हुने व्रतालुले पनि मास्क लगाउने तथा भिड नगरी दूरी कायम गर्ने गुम्बा विकास समितिले बताएको छ।

यो अनुष्ठानमा के गरिन्छ ?
सबै उमेरका महिला र पुरूषले ञ्युङ्ने बस्न पाउँछन्। फूलपातीको दिन बेलुका गुरुबाट शील ग्रहण गरेपछि यो अनुष्ठान विधिवत् आरम्भ हुन्छ। महाष्टमीको अष्टशील ग्रहण र प्रवचन हुन्छ भने महानवमीको दिन निराहार मौनव्रत शुरु हुन्छ। दशमीको दिन लामा गुरुले अभिषेक गरिसकेपछि अनुष्ठान समापन हुन्छ।-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घरमा आगलागी हुँदा २५ लाख भन्दाबढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार आगलागी हुँदा रु

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ