गण्डकी र लुम्बिनी प्रदेशमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।

मङ्गलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए । यस्तै कोरोना सङ्क्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

मुग्लिन, (चितवन) । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित