मजदूरमा कोरोना संक्रमण पुष्टि भएपछि तातोपानी नाका फेरि बन्द



काठमाडौं । तीन महिनापछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । आइतबार एक दिन खुलेर तातोपानी नाका पुनः बन्द भएको हो । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो ।

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले आयात बन्द गरिएको बताइएको छ । १३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने सर्तमा नाका खुलाउने सहमति भएको थियो ।

कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैँअघि काठमाडौं पुर्याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको थियो ।

नजिकिँदो दसैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको ढकालले बताए । हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् । राउतलाई राष्ट्रपति

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत

इप्पानद्वारा नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको स्वागत

काठमाडौँ  । नेपाल र बङ्गलादेशबीच भएको विद्युत विक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य