विराटनगर विमानस्थलको स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर



विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यावसायीहरुले माग राख्दै आएका छन् ।

हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बङ्गलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमसँग सिधै हवाई यात्रा गर्न सकिने छ ।

विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै हाम्रो सङ्घीयता मित्रत्व प्राणालीमा आधारित रहेको बताए । उनले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम छन् भन्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार व्यक्त गरे ।

मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको ‘हब’ बन्न सक्ने बताउँदै धार्मिक, पर्यटकीय, भौगोलिक तथा शक्तिपीठले मात्र नभई यो प्रदेश संस्कृति, सभ्यता र प्रकृतिले भरिपूर्ण रहेको बताए ।

मन्त्री भट्टराईले काठमाडौँ बाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको गौतम बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।

उनले नेपाल सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको चर्चा गर्दै कोभिड–१९ को महामारीको समयमा पनि सडक, ऊर्जा, विमानस्थलको काम नरोकिएको बताए । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत

इप्पानद्वारा नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको स्वागत

काठमाडौँ  । नेपाल र बङ्गलादेशबीच भएको विद्युत विक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका