डा. केसीले सत्याग्रहमार्फत जनताका माग उठाएका हुन्ः पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

शुक्रबार विश्व अहिंसा दिवसको अवसर पारेर यादवले केसीलाई भेट्दै उनको मागमा ऐक्यबद्धता समेत जनाए । डा केसीसँगको भेटपछि पूर्वराष्ट्रपति यादवले केसीले सत्याग्रहमार्फत जनताका माग उठाएकाले सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए ।

डा. केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाएको भएको भन्दै सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने यादवले बताए ।

केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र अहिंसा दिवसको संयोग परेको पनि यादवको भनाई थियो । उनले केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गरे । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी अनशनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको

‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु