अनसनरत डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी



काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर हुन चेतावनी दिएको छ । संघले बुधबार विज्ञप्ति जारी डा. केसीका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

केसीको जीवन रक्षाका लागि हुनसक्ने कार्यक्रमलाई मध्यनजर गर्दै यथाशिघ्र वार्ता टोली गठन गरी समस्या समाधान गर्न अपरिहार्य भएको संघले ठहर गरेको छ । उसले केसीको जीनन रक्षाका लागि कठोर कदम चाल्ने परिस्थिति सृजना नगर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपील

  काठमाडौँ ।  नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध

प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफलका लागि सभामुखले बोलाए बैठक

  काठमाडौं । सभामुख देवराज घिमिरले मंगलबार विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान

वैशाख २८ अघि नै प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउनेमा हामी विश्वस्त छौंः प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर) । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट