कंगोमा सैनिक जवानमाथि भएको कुटपिटको सैनिक मुख्यालयले थाल्यो छानबिन



काठमाडौं । अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन थालेको छ । तीनजना क्याप्टेनहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई निर्घात कुटपिट गरेको घटनाको सेनाले ’कोर्ट अफ इन्क्वायरी’ बनाएर छानबिन थालेको हो ।

शान्ति मिसनमा तैनाथ सैनिक जवानलाई तीनजना सहसेनानीले कुटपिट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना छानबिनका लागि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जेष्ठ सेनानीको नेतृत्वमा ’कोर्ट अफ इन्क्वायरी’ गठन गरेको हो ।

निर्देशनालयले घटनामा सैनिक मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिन थालिसकेको उल्लेख गरेको छ । सैनिक आचरण र मर्यादाविपरीत भएको घटनामा संलग्न सबै जवान र अधिकृतमाथि जेष्ठ सेनानीको नेतृत्वमा छानबिनको प्रकृया सुरु गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा …

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा) । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा