कपिलवस्तुमा बाढीले जिप बगाउँदा सवारी चालकको मृत्यु



कपलिवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो बाणगंगा नगरपालिकाको वडा नम्बर ९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो ।

मोतिपुर कवजे पार गर्ने क्रममा जिप बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका विद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । जिप भित्र विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जनासमेत थिए ।

जिपमा ४ जना विद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भएको जनाईएको छ ।

विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए । घटना स्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको रायडाँडाका किसान रायोको साग बेचेर लखपति बन्दै

बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आइतबार

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा