कारागार व्यवस्थापन विभागले भन्यो -जैसवालको मृत्यु स्वभाविक, शवको पोष्टमार्टम गरिने



काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ ।

मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य पोस्टमार्टम रिपोर्टपछि आउने बताएका हुन् । पत्रकार सम्मेलनमा केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कारागारभित्र वा अस्पतालमा हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचारहरु भ्रामक भएको बताए ।

त्यस्तै वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपचारका लागि वीर अस्पतालमा लैजाँदा जीवित रहेको कुनै चिन्ह नदेखिएकाले मृत घोषणा भएको भन्दै गलत अफवाहमा नगर्न आग्रह गरे ।

तीन दिनदेखि शवगृहमा शव रहेकाले शवमा सड्ने र गल्ने प्रक्रिया सुरु हुँदा शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किको र रेफ्रिजिरेटरमा नराख्दा यस्तो अवस्था देखिएको उनले बताए । उनीहरुले त्यस किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटीभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत सावित भइसकेको र बाँकी रिपोर्ट पोस्टमार्टमपश्चात् आउने बताएका छन् ।

बुटवल घर भएका मृतक जैसवाल पार्किङ्सन र प्रेसरसम्बन्धी दीर्घ रोगी भएको र असोज ३ गते राति पौने १० बजे श्वासप्रश्वासमा समस्या भएपछि केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ । त्यहाँबाट जैसवाललाई वीर अस्पताल रेफर गरिएको जेलर बाँस्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी प्रकरणका कारण संसद चल्ने नचल्ने निश्चित छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा देखिएको समस्या समाधानका लागि

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको

मधेस प्रदेशमा आगलागीबाट ४६ करोड रुपैयाँ बराबरको क्षति

  जनकपुरधाम ।  मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त