ल हेर्नुस् रोजगारीका लागि भारत जान लागेका नेपालीको जमुनाहा नाकामा लर्को



काठमाडौं । यतिबेला खाडी मुलुकबाट हजारौं नेपालीले उद्दारका लागि आग्रह गरिरहँदा भारतबाट केही समयअघि स्वदेश फर्किएका नेपालीहरु भने फेरि रोजागारीका लागि भारत जान थालेका छन् । देशमा रोजगारीको कुनै अवसर नपाएपछि उनीहरु फेरि लर्को लागेर रोजगारीका लागि भारत फर्किन थालेका हुन् ।

सरकारले स्वदेशमै रोजागारी सृजना गर्ने बताएपछि त्यो भाषणमा मात्र सीमित भएपछि अहिले सीमा नाकामा भारत जाने नेपालीको लर्को लाग्ने गरेको छ ।

भारतमा कोरोना संक्रमणको ग्राफ दिनदिनै बढेपनि नेपालीहरु भने त्यसको बेवास्ता रोजीरोटीका लागि भारततर्फ लाग्न थालेका हुन् । यो दृष्य बिहीबार विहान १० बजेको बाँकेको जमुनाहा नाकाको हो । यस्तोमा नेपाली जनता भोकमरीका कारण बाध्य भई रोजगारीका लागि भारत जानु कत्तिको नेपालको गौरवको कुरा हो ? के हेर्दै छ सरकार ? जनताको लागि के गर्दै छ सरकार ?
फोटोः कृष्ण पाण्डेको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको

एनपीएलमा चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

  काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन

विवाहपञ्चमीमा जन्तीको स्वागतका लागि यसरी सजाइयो मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज आउने जन्तीको स्वागतका लागि फूलमालाले सजाइएको महोत्तरीको

चार दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि