एनसेलको सेयर बिक्री रोक्न माग गरिएको अमरेश सिंहको रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

यसअघि, मल्ल र ढुंगानाको इजलासले पुस १ गते उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो । सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले परमादेशसमेत माग गरेका थिए ।

रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय/आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको थियो ।

मलेसियन कम्पनी आजियाटा लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको जानकारी दिइएको थियो । यस सेयर कारोबारमा नेपाल बाहिरको कारोबारी लेनदेन, नियामकीय निकायलाई जानकारी नगराइएको र मूल्यमा भएको भिन्नता लगायतका विवाद उठेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो