बुटवलमा आइसोलेसनमा रहेकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो ।

उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार साँझ जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
उपचारकै क्रममा महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

६ महिनामा प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११

संसदीय अभ्यासमा मैले देखेको मुख्य चुनौती सांसदले उठाएका विषयको कार्यान्वयन नै हो

काठमाडौँ ।  संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात

बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला

बनेपा । काभ्रेको बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । बनेपा