कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र ६ पुरुष छन् ।
चितवनका दुई महिला, काठमाडौं, ललितपुर र तनहुँका एक एक महिला तथा कपिलवस्तु, बारा, चितवन, भक्तपुर र धादिङका एक एक अनि काठमाडौंका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुेको संख्या २ सय ५१ पुगेको छ ।