कोरोना संक्रमणबाट सिरहा र पर्सामा गरी थप दुई जनाको मृत्यु



धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको मिर्चौयाका ६५ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको सोमबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको बिराट मेडिकल कलेजबाट रिफर भएका उनी वीपी प्रतिष्ठानमा भदौ १० गते साँझ ७ बजे भर्ना भएका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिए । ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने समस्या भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि बिराटबाट रिफर भएको थियो । शरिरको महत्वपुर्ण अंगहरु निष्क्रिय भएको अवस्थामा उनी प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानमा पनि उनको २ पटक डाइलाइसिस गरिएको थियो ।

यसैगरी वीरगंजमा कोरोना पुष्टि भईअस्पताल भर्ना भएका एक जना बृद्धको मंगलबार बिहान मृत्यु भएको छ । उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का स्थानीय बासिन्दा हुन् । श्वासप्रश्वास लगायत कलेजो सम्बन्धी समस्या र हाइपरटेन्सन जस्ता अन्य दीर्घ रोगबाट ग्रसित उनमा कोरोना पुष्टि भएपछि भदौ १३ गते नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

विगत तीन दिनदेखि आइसीयूमा उपचार गराइरहेका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च