उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको पानीको नियमित बिक्री वितरण भइरहेको फेला



काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो ।

सोमबार महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो । यो देखेर अनुगमनमा रहनुभएका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय नपुगेको बताए ।

गुणस्तर नपुगुगेकोले गत फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेको उनले बताए । बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठ भन्दै थिए, ‘हामीले पछि अनुमति लिएरै चलाएका हौं । यति भनिरहँदा उनले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने चाहिँ भन्न सकेनन् । म कागज देखाउँछु भनेर धेरै समय यताउता खोज्नु भयो तर देखाउन सकेनन् ।’

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । श्रेष्ठकाअनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ । उनकाअनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ । औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर श्रोत देखाउने श्रेष्ठले यतिले तपाईको व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको उत्तर दिन सक्नुभएन । अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ राखिएको छ । यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

अनुगमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ । यसैगरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।

औद्योगिक क्षेत्रभित्रै रहेको आधुनिक डेरी प्रोडक्टमा दूध नभएर दूग्ध पदार्थ उत्पादनको काम भएको थिएन । चितवनबाट दिनको ३ गाडी दूध आउँथ्यो । अहिले १ गाडी आउँछ । त्यही पनि समयमा आउँदैन । यता होटल व्यवसाय पनि ठप्प छ । यसकारण आयात र बिक्री दुवै रोकिएको हो, सञ्चालक भन्दै थिए ।

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च