कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।