कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु



काठमाडौं । कोरोन संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । पर्सा, पाल्पा र सिरहामा गरी थप पाँच जनाको मृत्यु भएको छ । पर्सामा एक महिलासहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ६५ वर्षीया महिला, वीरगन्ज–१२ का ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान बाटोमै मृत्यु भएको छ।

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

यसैगरी शुक्रबार साँझ वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । डा.चौरसियाका अनुसार उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । सिरहाको भदैया–६ का उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते ती पुरुषलाई प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो । भदौ ७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै, पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसनमा उपचाररत ३० बर्षीया महिलाको शुक्रवार राति मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । तानसेन नगरपालिका वडा नम्बर ८ की ३० बर्षीया महिलामा भदौ ७ गते कोरोना सक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजको आईसोलेसनमा लगिएको थियो । उनको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्ष(आइसियु)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको लुम्विनी मेडिकल कलेजले जनाएको छ । कुनैपनि टाभल हिस्ट्री नभएकी महिला भदौ ५ गते मुटु सम्वन्धी समस्या भएपछि उपचारको लागी लुम्विनी मेडिकल कलेज आएकी थिईन् । सक्रमणको लक्षण देखिएपछि अस्पतालले स्वाव संकलन गरी परीक्षणको लागी भैरहवास्थित प्रादेशिक कोभिड परीक्षण केन्द्रमा पठाएको थियो ।

मृतक महिलाका श्रीमान् र छोरामा भने परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बिहीबार मात्र ति महिलाको सम्पर्क विवरणको आधारमा समुदायस्तरमा ६० जनाको स्वाव संकलन गरी परीक्षणको लागी पठाईएको छ ।
कोरानाको उपचारका क्रममा पाल्पामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि भारतबाट आएका पूर्वखोला गाउँपालिका वडा नंम्बर १ का ४५ बर्षीय पुरुषको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पाल्पामा अहिले सम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएको छ । ति मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन